९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

Advertisement

लमजुङ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो ।

गाउँपालिकाका अनुसार घलेगाउँमा पाँच, भुजुङ र सिंदीमा १८÷१८ वटा गरी ४१ वटा सोलार बत्ती वितरण गरेको हो । पर्यटकीय गाउँ र रातिको समयमा यहाँका विभिन्न गाउँमा आउने पर्यटकदेखि स्थानीयलाई असहज भएकाले सहजताको लागि सोलार बत्ती वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए। उनले भने, “पर्यटकीय गाउँ भुजुङ, घलेगाउँ र सिंदीलाई सोलार वत्ती वितरण गर्ने निर्णय गरिएको हो ।”


सोलार बत्ती जडान भएपछि बत्ती गएको सयमामा पनि पाहुनाको स्वागत सत्कारसँगै सार्वजनिक कार्यहरु सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, राति हुने विभिन्न घटनामा सोलार बत्तीले स्थानीयलाई धेरै सहज पुग्ने बताइएको छ । ती सोलारहरु ती गाउँका मुख्य बाटो, सार्वजनिक स्थल पार्टी पौवामा सोलार बत्ती जडान गरिने भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको रु ५० लाखबाट सोलार बत्ती खरीद गरी वितरण गरेको गाउँपालिकाले जनाएको छ । सोलार बत्ती जडानपश्चात् रातिको समेमा बिजुली नहुँदा समेत धेरै सहज तथा सुरक्षा महशुस हुने भन्दै ती गाउँका स्थानीयवासीहरु उत्साहित एवं हर्षित भएका छन् । घरवास पर्यटनका लागि प्रसिद्ध घलेगाउँ, भुजुङमा धेरै पर्यटक आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

माओवादीले जित्यो १२० पालिका प्रमुख १९९ पालिका प्रमुखमा एमालेका उम्मेदवार विजयी ३२० पालिका प्रमुखमा कांग्रेसको जित उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै