ताजा अपडेट »

केसीसँग तत्काल वार्ता सुरू नगरे ११ गतेदेखि उपचार नगर्ने

बुधबार, ०९ माघ २०७५, १३ : २७
6 Shares

माघ ९,

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औँ चरणको आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीको मागमा सरकार उदासीन देखिएको भन्दै विभिन्न अस्पतालका आवासीय चिकित्सकले आन्दोलनको घोषणा गरेका छन्।

डा. केसीको जीवनरक्षा गर्न सरकार गैरजिम्मेवार बनेको र सत्याग्रह दबाउने प्रयासमा सरकार लागेको भन्दै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आन्दोलनको घोषणा गरेका हुन् ।

बुधबार २ घन्टा ओपिडी छाडेर अस्पतालअगाडि शान्तिपूर्वक धर्ना दिएका उनीहरूले बिहीबार पनि यसलाई निरन्तरता दिने घोषणा गरेका छन्। सरकारलाई ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र त्यति हुँदा पनि वार्ताका लागि ठोस पहल नभए शुक्रबारदेखि आकस्मिकबाहेकको उपचार नगर्ने उनीहरूले बताएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।