June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

पेट्रोल र डिजलको मूल्य बढ्यो

1.2K

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँले मूल्य बढाएको हो । आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ कायम हुने निगमले जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार आन्तरिक हवाइ उडानको इन्धनको मूल्य प्रतिलिटर ७८ कायम हुने भएको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने नबढाएको निगमले जनाएको छ ।

पछिल्लो अपडेट