१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । रुपन्देहीमा आरटिपिसिआरको परिमाण घट्दै जादा यहाँको संक्रमण दर र मृत्यु दर पनि घट्दै गईरहेको छ । पछिल्लो ४ दिनदेखि रुपन्देहीमा संक्रमित र यसबाट हुने मृत्यु दरमा कमि आएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले दैनिक रुपमा कोभिड संक्रमण र यसबाट हुने मृत्युबारे अद्यावधिक जानकारी दिई रहेको छ । कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो ४ दिनदेखि जिल्लामा कोभिड संक्रमितको संख्या र यसबाट मृत्यु हुनेको संख्या पनि घट्दै गई रहेको हो ।

Advertisement

स्वास्थ्य कार्यालयले जेठ २ गते सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६ सय ८ जनाको आरटिपिसिआर चेक गर्दा ३ सय ९४ जनामा कोभिड संक्रमण पाईएको जनाएको छ । यो भनेको चेक गरेका मध्ये संक्रमितको संख्या करिब ६५ प्रतिशत हो । यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ६ जनाको मृत्यु भएको छ । यस संगै रुपन्देहीमा कोभिडका कारण मृत्यु हुनेको संख्या ३ सय ५१ र सक्रिय संक्रमितको संख्या घटेर ६ हजार ९ सय १४ जना पुगेको छ ।

संक्रमित मध्ये सबै भन्दा बढी बुटवल उपमहानगर पालिकामा ७८ जना महिला र ८८ जना पुरुष गरि १ सय ६६ जना संक्रमित देखिएका छन् । तिलोत्तमा नगरपालिकामा ३७ जना महिला र ४९ जना पुरुष गरि ८६ जना रहेका छन्, सिद्धार्थनगर नगर पालिकामा १५ महिला र २६ पुरुष गरि ४१ जना, सियारी गाउँपालिकामा ४ जना महिला र २ जना पुरुष गरि ६ जना, देवदह नगरपालिकामा १२ जना महिला र ९ जना पुरुष गरि २१ जना रहेका छन् । यस्तै सैनामैना नगरपालिकामा १२ महिला र २० पुरुष गरि ३२ जना संक्रमित भएका छन् । ओमसतिया गाउँपालिकामा १० जना पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । यसै गरि मायादेवी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष गरि ५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र ३ जना पुरुष गरि ४ जना, शुद्धोधन गाउँपालिकामा १ जना महिला र गैडहवा गाउँपालिकामा २ जना महिला र १ जना पुरुष गरि ३ जना, रोहिणी गाउँपालिकामा ४ महिला र ४ जना पुरुष गरि ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना पुरुषसंक्रमित रहेका छन् ।जिल्लाको मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका रसंक्रमितको संख्या शून्य देखिएको छ ।

रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेको संख्या १ प्रतिशतमा पुगेको छ । हिजो सम्म २ प्रतिशत मात्र रहेको मृत्यु दर आज १ प्रतिशतमा पुगेको स्वास्थय कार्यालयको दावी छ । अहिले जिल्लामा ३१ प्रतिशत सक्रिय संक्रमित र ६८ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ३० जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ६ हजार ५ सय ८४ जना होम आईसोलेसनमा बसी रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप