२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवल । कोरोनाको कहरले जनजीवन अस्तव्यस्त भइरहेका बेला भटाभट कुखरा मर्न थालेपछि किसान चिन्तित हुन थालेका छन् ।पछिल्लो समय किसानको खोर नै रित्तो हुनेगरी कुखुरा मर्न थालेको किसानको गुनासो छ । “मेरो खोरमा केही दिनयता दुई हजार पाँच सय कुखुरा मरे। डोजर लगाएर गाड्नुको विकल्प छैन,” चितवनका एक व्यावसायिक किसान भन्छन्, “मर्ने कुखुरामा दाना पानी कम खाने, हरियो दिसा गर्ने, मुन्टो बटार्ने, अण्डा कम दिनेजस्ता लक्षण देखिएपछि भटाभट मर्न थालेका छन् ।”

कुखुरामा देखिने यस्ता लक्षण एक प्रकारको सरुवा रोग रानी खेतको भएको विज्ञको भनाइ छ । पछिल्लो समय चितवनलगायत कुखुरा उत्पादन बढी हुँदै आएको क्षेत्रका किसान यस्तै रोगको समस्यामा छन् ।राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा पनि यसरी मर्ने कुखुरामा रानीखेत भेटिएको प्रयोगशालाका सूचना अधिकारी पशु चिकित्सक इन्दुराय यादवले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै