१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली कांग्रेसले आज पार्टीका तल्ला तहमा अन्तरक्रिया शुरू गर्दैछ ।सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो ।पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशमा अन्तरक्रिया हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्तरक्रियामा सहभागी भएर कार्यक्रमको शुभारम्भ हुनेछ ।

कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार अन्तरक्रियामा प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, स्थानीय तहका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ । सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गर्नेछन्। उनी कोभिड—१९ अनुगमन समितिको संयोजक पनि हुन् ।

अन्तरक्रिया आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हुनेछ भने सोमबार गण्डकी प्रदेश र वाग्मती प्रदेशमा गरिनेछ । यस्तै मंगलबार प्रदेश २ र  प्रदेश १ मा आयोजना गरिने केसीले जानकारी दिए ।अन्तरक्रियापछि आउने निचोडलाई एकीकृत गरी सरकारलाई संक्रमण नियन्त्रणका लागि चाल्नु पर्ने थप कदमबारे सुझाव दिइने कांग्रेसले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ