१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

तस्विर : शशि पन्थीको फेसबुकबाट

भैरहवा । नेपाली सेनाको जहाज मार्फत एयरलिफ्ट गरि रुपन्देहीमा ६० सिलिण्डर अक्सिजन ग्यास ल्याइएको छ । रुपन्देहीमा अक्सििजन ग्यासको अभाव हुन नदिन जिल्ला सुरक्षा समिति रुपन्देहीले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरेको थियो । सोही बमोजिम विराटनगरबाट सेनाको जहाजमार्फत् शनिबार दिउँसो ४ बजे गौतमबुद्ध विमानस्थलमा ६० सिलिण्डर अक्सिजन झारिएको हो ।

Advertisement

सेनाको जाहाज मार्फत् अक्सिजन ल्याइएको प्रमुख जिल्ला अधिकार अस्मान तामाङले बताएका छन् । “पछिल्लो समय अक्सिजनकै अभावमा जिल्लामा मानविय क्षति भएकोले र यहाँको उत्पादनले नधानेपछि अक्सिजन अभावमा कसैको ज्यान जोखिममा नपरोस् भनेर हामीले केन्द्रसँग अनुरोध गरेका थियौ ।” तामाङ्गले भने “सोही अनुसार आज अक्सिजन आईपुगेको छ ।”

अक्सिजन ल्याएर आएको जहाजमा रुपन्देहीबाट ६० वटा खाली सिलिण्डर रिफिलका लागि पुनः विराटनगर पठाइएको छ । उक्त सिलिन्डिर रिफिल गरेर सोही जहाजले आज नै रातिसम्म रुपन्देहीमा अक्सिजन आपूर्ति गर्ने तामाङले जनाए । जहाजमार्फत् दिउँसो ल्याइएको अक्सिजन सबै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । साँझ आउने अक्सिजन आवश्यकताका आधारमा अन्य अस्पतालहरुमा समेत पठाइने प्रशासनले जनाएको छ ।

अक्सिजन अभावमा संक्रमितको धमाधम मृत्यु हुन थालेपछि गत बुधबार साँझ सेनाको हेलिकोप्टर मार्फत् ४० सिलिण्डर अक्सिजन रुपन्देही ल्याईएको थियो । रुपन्देहीमा उपचारमा रहेका कोभिडका बिरामीका लागी अहिले आएको अक्सिजन पनि अपुग भएकोले यो संख्या अझै बढाउनु पर्ने अस्पतालहरुको माग छ । जिल्लामा रहेका अक्सिजन उत्पादकहरुले माग अनुसार आपूर्ति गर्न नसेक पछि जिल्लाबाट बाहिर भए पनि डिसीसीएमसीले अक्सिजनको आपूर्ति गर्ने प्रयास गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ