९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौं । असहाय गाईबाछा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ । अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ । 
     
खान नपाएर दुब्लाएका, पानी पिउन नपाएका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाको संरक्षणका लागि २०७६ जेठ १ गते  अभियान शुरुआत गरिएको थियो ।  वाग्मती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको  अनुभव समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतुले अभियान थालनी गरिएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । 

अभियानले स्थानीय सरकारले प्रत्येक नगर या गाउँपालिकामा एउटा कान्जिहाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा लगानी गर्दा बाछा व्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले बहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तिनका सन्तानमाथिको क्रूरतालाई कानूनी रुपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय एकाइबाट अर्को एकाइमा गाईबाछा ओसारपसारमा स्थानीय तहको अनुमति अनिवार्य गर्नुपर्ने माग गरेको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने