ताजा अपडेट »

नेपाल सुपर लिगमा उपाधिको लागि काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दै

शनिबार, ०१ जेठ २०७८, ०९ : २९
4 Shares

बुटवल । नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

लिगमा काठमाण्डौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा काठमाण्डौलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको हो भने काठमाण्डौले दोस्रो क्वालिफायरमा ललितपुरलाई ३–० गोलले हराएर उपाधि नजिकै पुगेको हो ।

समूह चरणको खेलमा पनि धनगढीले काठमाण्डौलाई ३–० गोलले हराएको थियो । आजको फाइनल खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्चोङ र विकेश कुथुबीचको प्रतिष्पर्धाका रुपमा पनि लिइएको छ ।

धनगढीको कप्तानी किरणले र काठमाण्डौको कप्तानी विकेशले सम्हालेका छन् । प्रतियोगिताका विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट विधाका खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।