ताजा अपडेट »

एमाले विवाद : जेठ २ मा फर्कन अध्यक्ष ओली सहमत

शनिबार, ०१ जेठ २०७८, ०९ : १५
8 Shares

बुटवल । नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएकाे छलफलमा विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए । उनले भने ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो ।’

जेठ २ को अवस्थामा फर्कनको लागि कार्यदलमा बनाउने र कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्ने नेता रावलले बताए । हिजो बेलुकी भएको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।