ताजा अपडेट »

गुल्मीका पत्रकारहरुको अक्सिजन अभियानमा १९ लाख संकलन

शुक्रबार, ३१ बैशाख २०७८, २० : ०५
8 Shares

गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले सुरु गरेको अक्सिजन अभियानको पाँचौ दिन सम्म आई पुग्दा १९ लाख भन्दा बढि रकम संकलन भएको छ । शुक्रबार मुस्लीम धर्मालम्वीहरुको पर्वको अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानलाई स्वागत गर्दै सुव्हानी मस्जीद तम्घासका धर्मगुरु अनिष सुव्हानीले १० हजार नगद सहयोग गरेका छन । उनले नेपाल पत्रकार महासंघको कार्यालयमा आई महासंघका सचिव प्रेम सुनारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

सहयोगका लागि धन्यवाद दिदै सचिव सुनारले मुस्लीम धर्मालम्वीहरुको ईद पर्वको शुभकामना दिएका थिए । त्यस्तै ईद पर्वकै अवसरमा करिश्मा मोटरसाईकल वर्कशपका सञ्चालकले पनि नेपाल महासंघले सञ्चालन गरेको अक्सिजन अभियानलाई ५ हजार २५ रुपैयाँ सहयोग गरेका छन । उक्त रकम सचिव सुनारलाई हस्तान्तरण गरिएको हो । त्यस्तै युकेबाट बाबुराम खनालले १०१११ रुपैयाँ नेपाल पत्रकार महासंघको अक्सिजन अभियानमा सहयोग पठाएका छन । त्यस्तै शुक्रबार नै गुल्मी वितरक संघले अक्सिजन अभियानलाई २० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

संघका उपधाध्यक्ष रेमलाल पाण्डे , सचिव बिष्णु अधिकारी , सदस्य वादलकाजी श्रेष्ठले नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याललाई हस्तान्तरण गरेका हुन । त्यस्तै रेसुङ्गा नगरपालिका ७ की लक्ष्मी पन्तले ५ हजार ५५ रुपैयाँ अक्सिजन अभियानलाई सहयोग गरेकी छन । त्यस्तै गुल्मी रेशुङ्गा रोधीघर तथा रेसुङ्गा संस्थाले अक्सिजन अभियानलाई २० हजार ५५ रुपैयाँ सहयोग गरेका छन । उक्त रकम नेपाल पत्रकार महासंघका अध्यक्ष रेशम कुँवरलाई संस्थाका अध्यक्ष गोकर्णराज पन्थीले हस्तान्तरण गरेका छन । मुसिकोट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ओमबहादुर केसीले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन ।

गुल्मी जिल्ला समाज युकेको उपाध्यक्ष फणिन्द्र भण्डारीले भट्टराईले १० हजार सहयोग पठाएका छन । नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष तथा आईसोलेशन ब्यवस्थान समितिका संयोजक रेशम कुँवरका अनुसार बैशाख २५ गतृे साँझबाट जारि गरिएको अक्सिजन अभियानमा बैशाख ३१ गते साँझ सम्म १९ लाख भन्दा बढि रकम संकलन भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।