ताजा अपडेट »

कांग्रेस नेता खाँणले गरे रुपन्देहीका सिडियो र अक्सिजन उद्योगिहरुलाई टेलिफोन

शुक्रबार, ३१ बैशाख २०७८, १९ : ५१
14 Shares

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र जिल्लामा रहेका अक्सिजन उद्योगीहरुसंग टेलीफोन गरि अक्सिजन उद्योगको अवस्थाका र उत्पादनका बारेमा जानकारी लिएका छन् ।

नेता खाँणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसँग कुरा गर्दै जिल्लामा भारतबाट आउने लिक्विड अक्सिजनलाई सहजिकरण गर्दै अक्सिजन उत्पादन र वितरणमा प्राथमिकताका साथ लाग्न गर्न आग्रह गरे ।

साथै नेता खाणले रुपन्देहीमा रहेका शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाका संचालकहरूसंग कुरा गर्दै यस विषम घडिमा अक्सिजन उत्पादन र वितरणमा संचालकहरूले गरेकोे योगदानको प्रसंसा गर्दै उत्पादन र वितरणमा आइपरेका समस्याहरु समाधान गर्ने आफ्नो क्षेत्रबाट आवश्यक सहयोग रहने आश्वासन दिएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।