ताजा अपडेट »

प्रधाानमन्त्री ओलीद्वारा तेस्रो कार्यकालका लागि शपथ, मन्त्रीहरुलाई पुरानै जिम्मेवारी

शुक्रबार, ३१ बैशाख २०७८, १५ : ४६
6 Shares

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि तेस्रो कार्यकालका लागि शपथ लिएका छन् । शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपती वद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराइन् ।

संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत विपक्षी दलले गठबन्धन सरकार बनाउन नसकेपछि राष्ट्रपति भण्डारीले ओलीलाई उपधारा ३ अन्तर्गत हिजो प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । यसैबीच प्रधानमन्त्री ओलीले पुरानै मन्त्रीलाई नयाँ मन्त्रिपरिषदमा राखेका छन् । पहिले सम्हालिरहेको मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले आजै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा आएपछि मन्त्रिमण्डल पूनर्गठन हुनेछ । जसपाले आप्ना केही माग पूरा भएपछि सरकारमा जाने बताएको छ । यसबारे आज प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच छलफल समेत भएको छ ।

रासस
लेखकको बारेमा
रासस