ताजा अपडेट »

घट्यो लुम्बिनी प्रादेशिकको पीसीआर परीक्षण शुल्क,अब रु.हजारमा

शुक्रबार, ३१ बैशाख २०७८, ११ : ३०
4 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल कोभिड-१९ परीक्षणका लागि पिसिआर जाँचको शुल्क घटाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि पिसिआर शुल्क घटाइएको हो ।

सरकारले १ हजार शुल्कमा पिसीआर परीक्षण गर्ने भने पनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो । अस्पतालले आफै बिभिन्न कारण देखाउदै शुल्क घटाएको थिएन । हिजोमात्र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालको निर्देशनपछि शुल्क घटाए १ हजार बनाएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका नासु श्रीराम पान्डेका अनुसार आजदेखी १ हजार रुपैयमा पिसीआर परिक्षण हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।