ताजा अपडेट »

रुपन्देहीमा थपिए ४९४ संक्रमित, १८ जनाको मृत्यु

विहीबार, ३० बैशाख २०७८, १८ : ५७
6 Shares

भैरहवा । रुपन्देहीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १८ जनाको कोरोनाको कारण मुत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । यस संगै रुपन्देहीमा मृतकको संख्या ३ सय २७ जना पुगेकोे छ ।

कार्यालयले २४ घण्टाको कोभिडको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा ४ सय ९४ जना संक्रमित थपिएको जनाएको छ । यस संगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० जना पुगेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ९७ जनाको आरटिपिसिआर परिक्षणबाट ४ सय ९४ जना संक्रमित देखिएका हुन ।

संक्रमित मध्ये बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी ८७ जना महिला र १०७ जना पुरुष गरि १ सय ९४ जना संक्रमित भएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ७० महिला र ६० पुरुष गरि १ सय ३० जना, सिद्धार्थनगर नगर पालिकामा १८ महिला र ३७ पुरुष गरि ५५ जना, ओमसतिया गाउँपालिकामा ६ जना महिला र २ जना पुरुष गरि ८ जना, देवदह नगरपालिकामा ९ जना महिला र ११ जना पुरुष गरि २० जना रहेका छन् । यस्तै सियारी गाउँपालिकामा ४ जना महिला र ७ जना पुरुष गरि ११ जना, सैनामैना गाउँपालिकामा २२ महिला र १९ पुरुष गरि ४१ जना संक्रमित भएका छन् ।

रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । अहिले जिल्लामा ३५ प्रतिशत सक्रिय संक्रमित र ६३ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ८० जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ६ हजार १ सय ५० जना होम आईसोलेसनमा बसीरहेका छन् ।

https://www.globalaawaj.com/archives/105943
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।