ताजा अपडेट »

ओलीसँगको भेट पछि नेपालले भने- राजीनामा दुई-चार दिनलाई टर्‍यो

विहीबार, ३० बैशाख २०७८, १८ : २७
2 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्‍यो।’ दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।