ताजा अपडेट »

ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्नः झाँक्री

विहीबार, ३० बैशाख २०७८, १६ : ४८
4 Shares

ब्टवल । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ समेत नहुने बताएकी हुन् ।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’–उनले भनेकी छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।