ताजा अपडेट »

अक्सिजन नपाएर बिरामीको ज्यान जानु सरकारको चरम चापरवाही : नेता बोहरा

विहीबार, ३० बैशाख २०७८, १५ : ०३
8 Shares

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दिपक बोहराले अक्सिजन नपाएर रुपन्देहीमा बिरामीको ज्यान गएको घटनालाई सरकारको चरम लापारवाही बताएका छन् । बोहोराले बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै रुपन्देहीमा भएको घटना सरकारको चरम लापारवाहीको परिणाम भएको आरोप लगाएका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका उनले अक्सिजन र उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसंग आग्रह गरेका छन् । उनले समयमा अक्सिजन उपलब्ध हुन नसकेको घटनाको छानबीन गरी दोषी माथि कारवाही गर्न समेत स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

“कोरोनाको दोस्रो लहरको भयावह स्थितिमा अक्सिजनको प्रयाप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नयाँ बिरामी लिन नसक्ने जस्तो सुचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवार कार्य हो” विज्ञप्तीमा भनिएको छ । अहिलेको मुख्य कार्य भनेको जनताको जीवनको सुरक्षा भएकोले प्रदेश र स्थानीय सरकारले आफ्नो सम्पूर्ण श्रोतसाधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जीवन रक्षामा लगाउन उनको आग्रह छ ।

जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकोले नागरिकको जीवन रक्षा र सरलीकरणको लागी खोपको तत्काल व्यवस्था गर्नु आवश्यक रहेको पूर्वमन्त्री बोहराको भनाइ छ । खोप नलगाएकालाई लगाउने व्यवस्था गर्न र पहिलो कोभिसिल्डका खोप लगाएकाहरूको दोस्रो खोप लगाउने समय पुरा हुन लागेको अवस्थामा छिमेकी मुलुक भारतबाट जुनसुकै माध्यमबाट ल्याएर भए पनि दोस्रो खोपको व्यवस्थाको लागि समेत सरकारसंग उनले आग्रह गरेका छन् ।

‘भेरोसेलको दोस्रो खोपको व्यवस्था गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु । अहिले कोरोनाको कारण स्थिति भयावह बन्दै गइरहेको छ । यो अवस्था सचेत रहन र सुरक्षित रहन सबैमा अपिल गर्दछु, विज्ञप्तीमा उल्लेख छ । स्वास्थ्य सुरक्षा अपनाई महामारीमा नागरिकको जीवन रक्षामा आवश्यक सहयोग गर्न राप्रपाका सम्पूर्ण सदस्यहरूलाई पार्टीका वरिष्ठ नेता बोहराले आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।