ताजा अपडेट »

काठमाण्डौलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा

बुधबार, २९ बैशाख २०७८, ०६ : ३३
2 Shares

बुटवल । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा मंगलबार भएको रोमाञ्चक खेलमा काठमाण्डौ रेजर्सलाई दुई–एक गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा एक–एक गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । काठमाण्डौका लागि तेज तामाङ र धनगढीका लागि पुजन उपकोटीले गोल गरेका थिए । तर एक सय आठौँ मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई फाइनलमा पुर्‍याए ।

खेलमा काठमाण्डौले पर्याप्त दबाब बनाए पनि जित्न भने सकेन । मंगलबारको जितसँगै धनगढीले समूह चरणमा काठमाण्डौसँग हारेको बदला पनि लिएको छ ।

मंगलबार पराजित भएको काठमाण्डौको अझै फाइनल पुग्ने सम्भावना छ । काठमाण्डौले अब बुटबल लुम्बिनी र ललितपुर सिटीबीचको विजेतासँग इलिमिनेटरमा खेल्नेछ ।

प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही एक लाख रुपैयाँ पाउने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।