ताजा अपडेट »

रुपन्देहीमा थपिए ५५६ संक्रमित, २४ घण्टामा १४ जनाको मृत्यु

मंगलबार, २८ बैशाख २०७८, १८ : ११
6 Shares

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाको कारण मुत्यु भएको छ । यससंगै रुपन्देहीमा मृतकको संख्या २ सय ९३ जना पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यालयले २४ घण्टाको कोभिडको तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा ५ सय ५६ जना संक्रमित थपिएको जनाएको छ । यस संगै रुपन्देहीमै कुल सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ३० जना पुगेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ८ सय १८ जनाको आरटिपिसिआर परिक्षणबाट ५ सय ५६ जना संक्रमित देखिएका हुन । यो भनेको कुल प्रत्येक १ सय परिक्षण मा ६३ जना संक्रमित देखिएका हुन् ।

बुटवल उपमहानगर पालिकामा सबै भन्दा बढी ८९ जना महिला र ९० जना पुरुष गरि १ सय ७९ जना संक्रमित भएका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ५२ महिला र ४७ पुरुष गरि ९९ जना, सिद्धार्थनगर नगर पालिकामा ५३ महिला र ६७ पुरुष गरि १ सय ३० जना, ओमसतिया गाउँपालिकामा ११ जना महिला र १४ जना पुरुष गरि २५ जना, देवदह नगरपालिकामा १२ जना महिला र ७ जना पुरुष गरि १९ जना रहेका छन् । यस्तै सियारी गाउँपालिकामा १७ जना महिला र २५ जना पुरुष गरि ४२ जना, मायादेवी गाउँपालिकामा १ महिला र १४ पुरुष गरि १५ जना संक्रमित भएका छन् ।

रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । अहिले जिल्लामा ३४ प्रतिशत सक्रिय संक्रमित र ६४ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ८० जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ६ हजार १ सय ५० जना होम आईसोलेसनमा बसी रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।