ताजा अपडेट »

बुटवल उद्योग बाणिज्य संघको "कोभिड १९ नि:शुल्क परामर्श सेवा" भोलिदेखि ,सुरक्षित रहन अपील

सोमबार, २७ बैशाख २०७८, २० : १०
4 Shares

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले हरेक ब्यक्ति चिकित्सकको पहुचमा पुर्‍याउने उद्देश्यले निशुल्क परामर्श सेवा सञ्चालन गर्ने भएको छ ।संघका अध्यक्ष उज्ज्वल कसजुले यो कार्यक्रम मंगलबार बिहान १२ बजेबाट शुरु हुने जानकारी दिए । उनले कोरोनाको दोस्रो लहरको महामारीको बारेमा बुझ्नको लागि ३ फिजिसियन डाक्टरसंग समन्वय गरिएको जानकारी दिए ।

बिहान १२ देखि ५ को समयमा डाक्टरहरु द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुसान्त श्रेष्ठले कोरोनाका लक्षण र गर्नुपर्ने कामको बारेमा जानकारी दिने संघले जनाएको छ । साथै संघले कोरोनाको दोस्रो लहरले महामारीको रुप लिएको बताउदै यसबाट शुरक्षित रहन अपिल समेत गरेको छ । साथै कोरोना नियन्त्रणको लागि संघ हरपल तयार रहेको समेत संघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।