ताजा अपडेट »

एक युवाले काटे आफ्नै लिङ्ग

शुक्रबार, १३ असार २०७६, १६ : १४
14 Shares

मोरङको लेटाङ नगरपालिका–३ मिलन चोकका २२ वर्षीय सुनिल राईले आफ्नै लिङ्ग काटेर दुई टुक्रा बनाएका छन् । परिवारका अनुसार कहिले काँही असामान्य व्यवहार देखाउँदै आएका राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिङ्ग काटेका हुन् ।

लिङ्ग काटेपछि अस्पताल पुर्याइएको राईलाई हाल विपि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमको नर्मल वार्डमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपि विश्व अधिकारीले बताए । उनका अनुसार घटनापछि राईलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेका थिए । नोबेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

परिवारका अनुसार चार वर्ष अघि विहे गरेका राईले बेला बेलामा असामान्य व्यवहार देखाउने गरेका थिए । राईले नियमित मदिरा सेवन गर्ने गरेका थिए । नियमित मदिरा सेवनकै कारण राई केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिड्ने गरेको उनका बुवा बुमा राईले बताएको प्रहरीले जनाएको छ । राईको ३ वर्षका छोरा छन् । प्रहरीका अनुसार उनको पारिवारिक सम्बन्ध भने राम्रो रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।