ताजा अपडेट »

साथीको कुटाइबाट वृद्धको मृत्यु

आइतबार, २६ बैशाख २०७८, १३ : ०७
8 Shares

ओखलढुङ्गा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए । दुवै जनाले मदिरा सेवन गरेका थिए । घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारवाहीको माग गरेका छन् । शव परीक्षण गर्ने तयारी भइरहेको छ । कुटाकुटका क्रममा सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।