ताजा अपडेट »

अक्सिजन पलान्ट जडान गर्न भिम अस्पतालाई सुन चाँदी व्यवसायीले २ लाख ५० हजार बढी सहयोग गर्ने

शनिबार, २५ बैशाख २०७८, २० : ०७
10 Shares


बुटवल । सिद्दार्थनगर सुनचाँदी व्यवसायी संघले भैरहवा स्थित भिम अस्पताललाई २ लाख ५१ हजार १५१ सहयोग गर्ने घोषण गरेको छ । संघले कोरोना कहरको संकटको घडीमा कोरोना पोजिटिभ भई भैरहवाको भिम हस्पिटलमा उपाचारको क्रममा अक्सिजनको कमि देखिएको हुँदा अस्पतालमा अक्सिजन उत्पादन गर्नका लागि पलान्ट जाडन गर्न सो रकम सहयोग गर्ने संघका अध्यक्षका अध्यक्ष प्रकाश मणि बिश्ववकर्माले बताए ।

हाल कोरोना कहरको यस अवस्थामा कोरोना पोजिटिभ भई उपचारको लागि भिम अस्पतालमा आउने बिरामीलाई अक्सिजनको कमी भएका हुँदा सानो सहयोगले केही राहात पुराउने उद्धेश्यले संघले सहयोग गरेको सचिब किस्मत बि.क. ले बताए । सिद्दार्थनगर सुनचाँदी व्यवसायी संघले सामाजिक दायित्व अन्तर्गत अक्सिजन पलान्ट जडान गर्नको निम्ति सहयोग गरेकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघका बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी एवम रूपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किशन बिकले संघलाई धन्यवाद दिएका छन् ।

उक्त कार्यमा प्रेरणा र प्रोत्साहन दिने र सबै व्यवसायीहरुसँग समन्वयकारी भुमिका निर्वाह तथा आर्थिक संकल्नमा विशेष गर्ने प्रेम कुमार सेन्चुरी, राम किसन, केन्द्रिय शान्ती सुरक्षा समिती सदस्य ध्रुब लामगाद, जिल्ला तथा नगरका सल्लाहकार, सिङ्गो नगर समिती सदस्य लगायत सबै मनकारी व्यवसायीहरुलाई संघका द्वीतिय उपाध्यक्ष राजन रसाइलिले स्वागत र संघका प्रथम उपाध्यक्ष सतिश कुमार कौशलले धन्यवाद व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।