ताजा अपडेट »

तीव्र दौडधुपमा विपक्षी दल

शनिबार, २५ बैशाख २०७८, ०७ : ५१
4 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् ।

कांग्रेसले पदाधिकारी बैठकमार्फतै ‘प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने’ प्रस्ट पारिसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्तास“गै ‘अब फेरि मत नदिने’ बताएको छ । यी दुई दल अन्य विपक्षीलाई समेत आफ्ना ‘कित्ता’मा ल्याउने प्रयासमा छन् ।

कांग्रेसले ‘अविश्वासको मत’का लागि माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव नेपालसमूहसँग आन्तरिक छलफल जारी राखेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार ‘अब कसरी अघि बढ्ने ?’ भन्ने विषयमा विपक्षी दलबीचमा संवाद जारी छ । विपक्षमा रहेका अन्य दललाई समेत प्रधानमन्त्री ओलीलाई ‘मत नदिन आग्रह गरिने’ उनले जानकारी दिए । 

गएको मंगलबारबाटै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल जारी छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।