ताजा अपडेट »

सेवाका लागि तयार रहन पूर्व सैनिक स्वास्थ्यकर्मीलाई निर्देशन

विहीबार, २३ बैशाख २०७८, ०६ : ३४

बुटवल । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेको बखत सेवामा फर्काउने भन्दै तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधवार बसेको विशेष बैठकले २०७२ सालपछि स्वास्थ्य सेवाबाट अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सकिने निर्णय गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमित संख्या अत्यधिक वृद्धि हुन थालेपछि सेनाको जिम्मेवारी समेत बढेको छ । सातै प्रदेशका पृतना मातहत र उपत्यका पृतनाबाट संक्रमितको उपचार गर्न भन्दै अस्थायी अस्पताल योजना समेत बनाइएको छ ।

सेनाले हाल कोरोना संक्रमणबाट निधन भएकाको शव व्यवस्थापन गर्दै आएको छ । सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा थप भूमिका पूर्वानुमान, विभिन्न योजना तर्जुमा तथा आवश्यक तयारी गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।