ताजा अपडेट »

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ १७ मा

बुधबार, २२ बैशाख २०७८, १९ : २९
2 Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । 

निर्वाचन आयोगको १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको स्रोतले बतायो । 

माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि रिक्त सो स्थानमा उपनिर्वाचन हुन लागेको हो । बाग्मती प्रदेशमा पनि एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।