ताजा अपडेट »

रुपन्देहीमा थप १३ जनाको मृत्यु , ६६ प्रतिशत घर फर्के

बुधबार, २२ बैशाख २०७८, १७ : ५३
6 Shares


भैरहवा । पछिल्लो २४ घण्टामा कोरोनाको कारण १३ जनाले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस संगै रुपन्देहीमा मृतकको संख्या २ सय ३३ पुगेको छ । हिजो २१ गते मृत्यु हुनेको संख्या केही घटे पनि आज फेरी बढेको हो । कोभिडकै कारण २० गते ११ जना र २१ गते ४ जनाले ज्यान गुमाएका थिए । यस्तै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५ सय ८७ जना संक्रमित भेटिएका छन् । यस संगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ । २४ घण्टामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५५ जना कोरोना पोजिटिभ देखिएका छन् ।

यस मध्ये १ सय ५ जना महिला र १ सय ५० जना पुरुष रहेका छन् । यसै गरि सिद्धार्थनगर नगर पालिकामा ३२ महिला र ३५ पुरुष गरि ६७ जना, तिलोत्तमा नगरपालिकामा ६७ महिला र ६९ पुरुष गरि १ सय ३६ जना, सैनामैना नगरपालिकामा १९ जना महिला र २४ जना पुरुष गरि ४३ जना र देवदह नगरपालिकामा १७ जना महिला र १९ जना पुरुष गरि ३६ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमितहरु मध्ये ३२ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने ६६ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ । रुपन्देहीमा कोरोनाको ग्राफ दैनिक रुपमा बढ्दो रहेको छ । बैशाख १ गते ३८ जना संक्रमित देखिएकोमा २ गते १५ जना ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित देखिएका थिए ।

यस्तै ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा संक्रमण देखिएकोमा १० गते एक्कासी बढेर यो संख्या २ सय २६ मा पुगेको थियो । त्यस यता संक्रमितहरुको संख्या लगाततर बढ्दै गई रहेको छ । ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जना, १८ गते ४ सय ४ सय ३२ जना, १९ गते ४ सय ४१ जना, २० गते ५ सय ७९ जनामा संक्रमण देखिएको थियो । यस्तै हिजो २१ गते ७ सय ९७ जना र आज २२ गते ५ सय ८७ जनामा संक्रमण देखिएको हो ।

https://www.globalaawaj.com/archives/104567
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा