ताजा अपडेट »

रोहिणीमा ५ बेडको कोभिड बिशेष अस्पताल

बुधबार, २२ बैशाख २०७८, १६ : ३७
6 Shares

भैरहवा । रोहिणी गाउँपालिकाले गाउँपालिकामै रहेका कोभिड बिरामीलाई उपचार दिने उद्देश्यले गाउँपालिका स्तरीय ५ बेडको कोभिड बिशेष अस्पताल सञ्चालनमा ल्याएको छ । एक संक्षिप्त कार्यक्रमका बिच रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उक्त अस्पतालको औपचरिक सुरुवात गराएका छन् ।

हालको आवश्यकता हेरेर अक्सिजन सहितको ५ बेडको अस्पताल रहे पनि यसलाई बिस्तार गरेर १० बेडको अस्पतालको रुपमा सञ्चालन गर्न सकिने उनले बताए । धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा १० बेडले पनि नपुगे अन्य बैकल्पिक स्थानहरुको समेत पहिचान गरि आवश्कता अनुसार बिशेष अस्पताल बनाउन गाउँपालिका तैयारी अवस्था रहेको उनले जानकारी दिए । रुपन्देही पनि अहिले कोभिडको मारमा रहेको र यसको प्रभावमा रोहिणी गाउँपालिका पनि रहेको हुदा उनले निषेद्याज्ञाको पालन गर्न आग्रह गरे । दोश्रो भेरिएन्टको रुपमा देखिएको कोभिडको प्रभाव कडा रहेकोले सके सम्म सरकारले तोकेको मापदण्ड पालन गर्न उनले गाउँपालिकावासीमा अनुरोध गरेका छन् ।

रोहिणी गाउँपाकिा वडा नम्बर ३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा केन्द्रिय सरकारको १० लाख बजेट सहयोगले बिशेष अस्पताल निर्माण गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यस संगै सो अस्पतालको लागी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर उमेश गुप्ताको नेतृत्वमा १ जना अनमि, १ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको पनि ब्यवस्थापन गरिएको उनले जानकारी दिए । रोहिणी गाउँपालिकामा अहिले सक्रिय कोभिड संक्रमित ३० जना रहेको छन् । यिनीहरु मध्ये १ जनाको भैरहवा स्थित भिम अस्पतालमा उपचार भई रहेको र बाँकीको घरमै रहेर हेरचाह भई रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले बताए । उनले रोहिणी गाउँपालिकामा बैशाखमा १ जनाको कोरोनाबाट मृत्यृ भएको जानकारी दिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा