ताजा अपडेट »

इरानको ‘प्रोपोगान्डा’ : अमेरिकी संसद् ध्वस्त गरेको भिडियो सार्वजनिक

बुधबार, २२ बैशाख २०७८, १५ : ५५
2 Shares

काठमाडौँ । इरानी सेनाले अमेरिकी संसद् भवन ध्वस्त गरेको भिडियो सार्वजनिक गरेको छ । अमेरिकासँग परमाणु सम्झौताको विषयमा वार्ता गर्ने विषयमा छलफल भइरहँदा सेनाले सो भिडिओ सार्वजनिक गरेको हो । 

इस्लामिक रिपब्लिक्स रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले आइतबार सरकारी टेलिभिजनबाट ‘प्रोपोगान्डा’ गर्दै यस्तो भिडियो सार्वजनिक गरेको डेली मेलले जनाएको छ । भिडियोमा आईआरजीसी सेना मार्चिङ गरिरहेको देखिन्छ । त्यसपछि मिसाइल प्रक्षेपण गरिएको र अमेरिकी संसद् भवन जलिरहेको देखिन्छ । भिडियोको पृष्ठभूमिमा इरानी राष्ट्रगान रहेको छ ।  सेनाले अमेरिकी संसद्लाई ‘उत्पीडनको दरबार’सँग तुलना गरेको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।