ताजा अपडेट »

एमाले प्रदेशसभा सदस्य डाँगीले दिए राजिनामा

बुधबार, २२ बैशाख २०७८, १५ : ४७
4 Shares

बुटवल । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले नेकपा एमाले छोडेका छन । उनले प्रदेशसभाका सभामुखलाई राजिनामा दिएको सचिवालयले जनाएको छ। उनी माओवादी केन्द्र प्रवेश गरेका हुन । डाँगी मुख्यमन्त्री पोखरेलका एउटै गाउँ र ठाउँका नेता हुन्। यअसघि उनी एमाले भित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे। उनी घोराही उपमहानगरपालिकाका पूर्वमेयर पनि हुन्।

यसअघि एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए भने तत्कालिन नेकपाबाट प्रदेशसभामा निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् । साथै सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर श्रीवास्तव र शाहीले पोखरेलको पक्षमा फर्किएका छन् । श्रीवास्तव मन्त्री समेत भइसके ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।