ताजा अपडेट »

कार्ल माक्र्सका प्रमुख सिद्धान्तहरु

बुधबार, २२ बैशाख २०७८, १७ : ०३
147 Shares

काल माक्स एक प्रसिद्ध अर्थशास्त्री राजनीतिज्ञ साहित्यकार, समाजशास्त्री थिए । उनको जन्म मई ५ १८१८ मा भएको थियो । उनको पारिवारिक अवस्था अत्यन्तै गरिबी थियो । यसैकारणले गर्दा उनी आफ्नो श्रीमतीको मृत्युमा समेत समाधि स्थलमा जान नसेकोको बताइन्छ । उनी आफ्नो जीवनकाल भरी गरिबी, अभाव वर्ग संघर्षका बीचमा संघर्ष गर्दा-गर्दै आफ्नो जीवन प्राणबाट बिदा लिएका थिए । उनी १८ औँ शताब्दी पछि वर्तमान समयसम्म पनि लगातार चर्चा र मजदुर आन्दोलन प्रोत्साहकको रुपमा हरेक श्रमजीवी व्यक्तिको मन मष्तिकमा रहन सफल भएका छन् । उनले आफ्नो जीवनकालमा पूँजीँवादी अर्थव्यवस्था भित्र रहेका नकारात्मक कुराहरुको आलोचना तथा सुधार गर्ने उपाय बताएका छन् ।

तत्कालीन समयमा रहेका आर्थिक सामाजिक समस्यालाई समाधान गर्ने उपायहरु बताएका थिए । माक्र्स यूरोपेली समाजवादीहरु चाल्र्स फेरियर, सन्ट साईमन आदि बाट प्रभावित भएर दलित मजदुर भुमी बिहिन प्रति आर्कषित भए । १८ औँ शताब्दीको फ्रान्सको सामयबादी परम्पराले माक्र्सलाई सामय बादी सासन प्रणालीका बारेका अध्ययन गर्न हौसाएको पाइन्छ । केबटको सामयबादबाट प्रभावित भएर उत्पादनको साधनलाई राज्यको नियन्त्रणमा हुनु पर्ने सिद्धान्त प्रतिपादन गरे थमसन हम्सकिन तथा अन्य ब्रिटिश समाजबादीहरुबाट प्रभावित भएर श्रमलाई मूल्यको निर्माण गरेका छन् । माक्र्सको उद्देश्य समाजलाई बुझ्नु मात्र नभएर विश्वलाई बदल्नु भएकाले यी सिद्धान्तहरु क्रान्ति र निर्माणका लागि गरे माक्र्सबाद भनेको नै क्रान्ति र निर्माणको विज्ञान भएकाले उनका सिद्धान्तले अन्तराष्ट्रिय राजनीती ,अर्थव्यवस्था , दैनिक जीवन , शिक्षा , स्वास्थ्य , सञ्चार , आदिमा सकरात्मक परिवर्तन ल्याएको कुरालाई इतिहासले प्रमाणित गरेको छ । काल माक्र्सले आफ्नो जीवन अवधिमा प्रतिपादन गरेका मुख्य सिद्धान्तहरु निम्नअनुसार छन् :

क.द्वन्द्वात्मक भौतिकताबादी
द्वन्द्वात्मक भौतिकबाद माक्र्सको विचारको मूल आधार हो । माक्र्सको मत अनुसार सारा संसारका सधै समस्याहरुमा यथार्थ पथ प्रदप्रर्दशन हुन्छ द्वन्द्वात्मक भौतिकवादले वर्तमान कालको मात्र नभएर भविष्यमा समाजमा हुने परिवर्तनको दिशा ज्ञान हुन्छ । द्वन्द्वात्मक भौतिकवाद दुई शब्द मिलेर बनेको छ , यसमा पहिलो शब्द द्वन्द्वात्मक सृष्टिको विकास भईरहेको प्रक्रियालाई स्पष्ट गर्दछ भने अर्को शब्द भौतिकवादलाई यस श्रृष्किो मूल तत्वलाई सूचित गर्दछ,जानकारी गराउँदछ । द्वन्द्वात्मक भौतिकवाद माक्र्सको दर्शन हो । माक्र्स कदर भौतिकवादी थिए । माक्र्सले संसारमा अस्तित्वमा रहेका प्राकृतिक वस्तु तथा पदार्थलाई नै विश्वास गर्दथे उनकाअनुसार आत्मालाई हामी अनुभव गर्न सक्दैनौ अत : आत्माको हाम्रा लागि कुनै अस्तित्व हुँदैन। यसका विपरित माटो, रुख , विरुवा, घर, पहाड, आदि वस्तु प्रत्यक्ष देखिन्छ । यी कुरा हाम्रा लागि सर्वदा सत्य हो ।

त्यसैले आफ्ना विचारको आधार प्रत्यक्ष स्पष्ट भौतिक वस्तुलाई बनाउनु पर्दछ । आत्मा ईश्वर जस्ता अस्पष्ट वस्तुको पछाडि लाग्न हुदैन । माक्र्सले इश्वरलाई मानवको कल्पनाले जन्माएको मानेका छन् । द्वन्द्वात्मक भौतिकवादिले ईश्वर शक्तिको विश्वास नगरी भौतिक शक्तिको वा सक्रिय पदार्थको विश्वास गर्दछ । पदार्थ गतिविधि हुन्छ । पदार्थ भित्र हुने परस्पर विरोधी तत्वबीचको द्धन्द्धबाट गति पैदा भएर त्यसमा परिवर्तन भएर नयाँ कुराको सृष्टि हुन्छ, विकास हुन्छ र यो क्रम निरन्तर चलिरहन्छ भन्ने मुल सिद्धान्त नै द्वन्द्वात्मक विकासको नियम हो । द्वन्द्वात्मक भौतिकवादको व्याख्या माक्र्सले सन् १८४४-४८ समयमा गरेका हुन यिनले यस कुराको व्याख्या नियममा आधारित रहेर गरेका छन् :
१.विपरित पक्षहरुको एकता,
२.निषेधको, निषेधको नियम,
३.परिमाणबाट गुणमा परिवर्तन,
उल्लेखित नियममा आधारित रहेर उनले आर्दशवादी विचारको कडा आलोचना गर्दै भौतिकवादी विचारको वैज्ञानिक तवरबाट प्रमाणित गरेका थिए ।

राज्यप्रतिको धारणा:
माक्र्को राज्यप्रतिको धारणा अन्य राजनीतिक विचारकहरुको भन्दा पूर्णता : भिन्न, व्यवहार तथा युगान्तकारि परिवर्तनका लागि स्पष्ट मार्ग निर्देशन गर्ने स्तरको छ । राज्यलाई उनले एक अस्थायी तत्वको रुपमा मानेर यसको उन्मुलन निश्चित छ भन्ने धारणा राखेका छन् । समाजमा आदिम अवस्था तथा विकसित अवस्थामा राज्य तथा सरकारको अस्तित्व स्किार गरेका छैनन्। राज्यलाई निजी सम्पत्ति तथा उत्पादनका साधनको फलस्वरुप उत्पन्न र विकास भएको मानी यसलाई पूर्णताः उत्पादनका साधन निजी स्वामित्वमा रहँदैन त्यसबेला राज्य तथा सरकारको समेत अस्तित्व रहने छैन् जसरी आदिम अवस्थामा निजी सम्पत्ति र उत्पादनको साधन कसैको कब्जामा नभई सामुहिक उपभोगको अवस्थामा राज्यको अस्तित्व थिएन भन्ने उनको धारणा छ ।

माक्र्सको राज्य सम्बन्धी विचार वर्ग संघर्ष सम्बन्धी छ र यसै वर्ग संघर्ष सिद्धान्तमा आधारित छ राज्यले कहिल्यै पनि शोषित वर्गको हितलाई हेर्दैन र शोषण गर्नका लागि सहयोग पुर्याउँछ । त्यसैले राज्य सत्तालाई ध्वस्त गर्दा नै श्रमजिवी वर्गको हित हुन्छ भन्ने दृष्टिकोण माक्र्सवादको रहेको देखिन्छ । माक्र्सले पूँजीवादी अर्थ व्यवस्थाले श्रमजिवी वर्गलाई अत्याधिक मात्रामा शोषण गर्ने त्यसै समयमा श्रमिक वर्गका बीचमा एकता कायम हुने र त्यो एकताले सङ्घर्ष गर्ने र सोही सङ्घर्षका माध्यमबाट पूँजीवादी राज्यको अन्त्य भई सर्वहारा, श्रमजिवी, दुःखी, पिडित, नागरिकले सन्तोषजनक तथा सम्मानजनक जीवन निर्वाह गर्न पाउने कुरालाई राज्य सम्बन्धिको आफ्नो धारणामा बताएका छन् । अतः उनको राज्य सम्बन्धि धारणाले विश्व राजनीतिक अर्थव्यवस्था शोषित । पीडित, श्रमिक, तथा मजदुरको पक्षमा स्पष्ट धारणा राखेर एकातर्फ साम्यवादी समाजको विकासमा जोड दिइएको छ भने अर्कातर्फ पूँजीँवादी अर्थव्यवस्थाका कम्पनीहरुलाई समेत औल्याएर तिनलाई आफ्ना गल्ती सुधार्ने मौका दिईएको छ ।

इतिहासको भौतिकवादी व्याख्या
काल माक्र्सले इतिहासको भौतिकवादी विश्लेषण गर्दा आर्दशवादी धारणाहरुलाई तिरस्कार गरेका छन । उनी भौतिकवादी दर्शनका प्रवर्तक हुन भने आदर्शवादका घोर विरोधी हुन उनका अनुसार हरेक वस्तुलाई अलग अलग र समग्रमा अध्ययन गरिनु पर्दछ । इतिहासको भौतिकवादी विश्लेषणले के बताएको छ भने सबै ऐतिहासिक घटनाहरु समाजमा विद्यमान बिभिन्न वर्ग समूहहरुबिचको हार्थिक संघर्षका उपजहरु हुन् समाजमा दुई वर्गहरु हुन्छन : प्रथम उत्पादनका साधनहरु प्रशस्त मात्रामा भएका वर्ग र दोस्रो कुनै पनि उत्पादनका साधनहरु नभएका वर्ग । समाजमा भएका यी दुई वर्गहरुको बीचमा उत्पादनको विधि र उत्पादनको सम्बन्धका लागी वर्ग संघर्ष भइनै रहन्छ । उत्पादन बिधिले समाजमा उत्पादनको निर्दिष्ट व्यवस्थापनलाई जनाउने गर्छ भने उत्पादन सम्बन्धले समाजको वर्ग संरचनालाई जनाउने गर्छ र यी दुईका बीचमा संघर्ष हुदाँ नयाँ इतिहासको निमार्ण हुन्छ भन्ने विचारलाई नै इतिहासको भौतिकवादी व्याख्या भनिन्छ । इतिहासको भौतिकवादी व्याख्याले आर्थिक संघर्षका कारण नयाँ इतिहास निमार्ण हुने र यसले विगत ,वर्तमान तथा भविष्यका बारेमा समेत ठोस आधार बताउने कुरामा माक्र्सको जोड छ । उनले इतिहासको भौतिकवादी व्याख्या गर्ने समयमा समाज विकासको चरणलाई निम्न भागमा बिभाजन गरी अध्ययन गरेका थिए :
१ आदिम साम्यवाद
२ सामन्तवाद
३ पूँजीवाद
४ समाजवाद
५ साम्यवाद
ग अतिरिक्त मूल्य
काल माक्र्सले आर्थिक विकासको क्रममा पुँजीवादी अर्थतन्त्र अन्तर्गत अतिरिक्त मूल्यको सिद्धान्तलाई महत्वपूर्ण तत्वका रुपमा लिएका छन् । यो नै वर्ग संघर्षको कारण हो । उनले पुँजीवादी अर्थतन्त्रमा श्रमिक वर्ग र पुँजीपती वर्ग रहने, पूँजीपति वर्गले गलत किसिमले उपयोग गरी अतिरिक्त साधनको उत्पादन गरी सो उत्पादन बिक्रिबाट प्राप्त रकम वास्तविक श्रमिक वर्गलाई नदिई आफूहरुले उपभोग गरी रमाउने प्रवितीलाई अतिरिक्त मूल्य सिद्दान्त मानेका छन् । यसलाई प्रष्ट पार्ने उनको उदाहरणमा भनिएको छ : मानौ कुनै उद्योगमा श्रमिकले १० घण्टाको दैनिक कार्य गर्दछ तर त्यसमध्ये ६ घण्टाको कामको मूल्य उत्पादन बराबरको मूल्यले उसको जीवन निर्वाह हुन्छ । त्यही ६ घण्टाको कामको मूल्य बराबरको मात्र मूल्य पाउँदछ र बाँकी ४ घण्टाको श्रमशक्तिको मूल्य पूजीपतिले जफत गरेको हुन्छ, यही ४ घण्टाको ज्याला नै श्रमको अतिरिक्त मूल्य हो ।

राज्यप्रतिको धारणा
माक्र्सको राज्यप्रतिको धारणा अन्य राजनीतिक विचारको भन्दा पूर्णत: भिन्न व्यवहारिक तथा युगान्तकारी परिवर्तनका लागी स्पष्ट मार्ग निर्देशन गर्ने स्तरको छ । राज्यलाई उनले एक अस्थायी तत्वको रुपमा मानेर यसको उन्मुलन निश्चित छ भन्ने धारणा राखेका छन् । आदिम समाजमा र विमेकसित अवस्थामा राज्य तथा सरकारको अस्तित्व स्विकार गरेका छैनन् राज्यलाई नीजी सम्पती तथा उत्पादनका साधनको फलस्वरुप उत्पन्न र विकास भएको मानी यसलाई पूर्णतः उत्पादनको साधनको निजी स्वामित्वको स्वरुप साद्यमा राखेर हेरेका छन् । जब उत्पादनका साधन निजी स्वामित्वमा रहदैन त्यसबेला राज्य तथा सरकारको समेत अस्तित्व रहने छैन । जसरी आदिम अवस्थामा निजी सम्पती र उत्पादनको साधन कसैको कब्जामा नरही सामुहिक उपयोगको अवस्थामा राज्यको अस्तित्व थिएन भन्ने उनको धारणा छ ।

यसरी काल माक्र्स आफ्नो जीवनमा माथी उल्लेख गरिएका सिद्दान्तका अलवा थुप्रै सिद्दान्त विकास गरेका छन्।जसलाई आधार बनाएर आज विश्वका थुप्रै राजनैतिक पाटीका नेताहरुले थुप्रै धन कमाएका छन । जुन कार्य उनका मान्यता, विचार, भाबना, सपना माथी अपमान तथा बढ्दो निजी सम्पती प्रतिको मोह हो । वर्तमान नेपाली राजनीतिमा उनै माक्सका अनुयायीहरु सर्व शक्तिमा रहेका छन । साथै वर्तमान समयमा नेपाली कम्युस्टि पाटिमा देखिएका अनेक समस्याहरु समाधान गर्नमा विवेक प्रदान गर्नमा तथा नेपाली माक्र्सवादीहरु मार्सीवादीका रुपमा परिवर्तन भए भन्ने आरोप गलत सिद्द गर्न आजको दिन सार्थक बनोस् । काल माक्र्सप्रति हार्दिक श्रदासुमन । धन्यवाद

https://www.globalaawaj.com/archives/103797
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।