ताजा अपडेट »

चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बुधबार, २२ बैशाख २०७८, १४ : ४०
2 Shares

बुटवल । चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणबाट चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक–एक जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।१९ वैशाखमा अस्पतालमा भर्ना भएका ती पुरुषमा २० वैशाखमा कोरोना पुष्टि भएको थियो ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । अस्पतालका अनुसार ती पुरुषमा २१ वैशाखमा कोरोना पुष्टि भएको थियो ।

यसैगरी अर्घाखाँचीको भूमिकास्थान–१ का ४२ वर्षीय पुरुषको गएराति चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । २० वैशाखमा कोरोना पुष्टि भएपछि ती पुरुष २१ वैशाखमा मेडिकल कलेजमा भनाए भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।