ताजा अपडेट »

मुख्यमन्त्री पोखरेल र जापानका राजदूतबीच भेटबार्ता

विहीबार, १२ असार २०७६, १६ : ०२
6 Shares

असार १२,

बुटवल । मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटबार्ता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए । 


मुख्यमन्त्रीले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताए । उनले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो संभावना भएको बताए । उनले त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्दै यो प्रदेशका अस्पतालको क्षमता विकासमा जापानको सहयोग हुँदा राम्रै हुने बताए ।
राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए । उनले संवैधानिक व्यवस्था अनुसार गठन भएका प्रदेश र स्थानीय सरकारहरुलाई सहयोग गर्ने बारे छलफल गर्दै अघि बढ्ने बताए । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गरी काठमाडौं फर्कन आग्रह गरे। राजदूत साइगोले नेपाल जापान सम्बन्धमा प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।