ताजा अपडेट »

मन्त्रिमण्डल हेरफेरः मन्त्रीआकांक्षी अध्यक्षद्वयको निवासमा

विहीबार, १२ असार २०७६, १३ : ३६

असार १२,

काठमाण्डौं । सरकारले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गरेको छ । केही नयाँ अनुहार थप्ने र केही हटाउने गरी फेरबदलको तयारी भइरहेको मन्त्रिपरिषद कार्यायलय जनाएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो । त्यही सहमतिका आधारमा आज छुट्टा छुट्टै र सयुक्त छलफल गर्ने दुई अध्यक्षको तयारी छ । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा लागेका छन् । आज पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्दै छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् भने अर्का अध्यक्ष दाहाल प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटार बोलाएका छन् । सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले आबश्यकता अनुसार मन्त्रिमण्डल फेरबदल हुने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।