ताजा अपडेट »

रुपन्देहीका कुशल आईसीसीको ‘प्लेयर अफ द मन्थ’

बुधबार, २२ बैशाख २०७८, ११ : ४८
2 Shares

बुटवल ।  राष्ट्रिय क्रिकेट टोलिका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ मनोनित भएका छन् । आईसीसीले क्रिकेटको तीनवटै स्वरुपमा गत अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गरेका तीन जना खेलाडीको नाम मनोनित गरेकोमा दुई जना पाकिस्तानी खेलाडीसँगै कुशल भुर्तेल समेत मनोनित एका हुन्।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा गत् अप्रिल महिनामा पर्दापण गरे । डेब्यु प्रतियोगितामै लगातार तीन अद्र्धशतक लगाएर उनले विश्व कीर्तिमान । डेब्यु गर्दा लगातार तीन खेलमा अद्र्धशतक लगाउने उनी विश्वकै पहिलो ब्याट्सम्यान भए । अन्तर्राष्ट्रिय टी ट्वान्टीको पाँच खेलमा उनले २७८ रन बनाए। पहिलो प्रतियोगिता खेलेपछि मात्रै टी ट्वान्टीको विश्व वरीयताको एक सय ब्याट्सम्यानको सूचीमा भुर्तेल सूचीकृत भए। आईसीसीले जारी गरेको सूचीमा पाकिस्तानका बाबर आजम, फखार जमानसँगै कुशल भुर्तेल मनोनित भएका हुन् । 

https://www.globalaawaj.com/archives/101727
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।