ताजा अपडेट »

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ४ संक्रमितको मृत्यु

बुधबार, २२ बैशाख २०७८, ११ : ३०
2 Shares

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो ८ घण्टाको अवधीमा ४ संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४७ वर्षीय पुरुष, बुटवल-९ की ५४ वर्षीया महिला, कन्चन गाउँपालिका-४की २७ वर्षीय महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।