ताजा अपडेट »

पृथ्वी चन्द्र अस्पतालमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

मंगलबार, २१ बैशाख २०७८, १३ : २३
4 Shares

बुटवल । पृथ्वी चन्द्र अस्पतालमा आइतवार राती स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । राती १० बजे उपचारकालागि भन्दै आएका व्यक्तिहरुबाट दुर्वव्यवहार भएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् । अस्पतालको इमरजेन्सीमा खटिएका स्वास्थ्यकर्मीमाथि रातको समयमा गालिगलौज तथा हातपात भएको पिडित स्वास्थ्यकर्मी शसी चौधरीले जानकारी दिए।

अस्पतालको इमेरजेन्सी वार्डमा राखिएका विरामी कोरोना संक्रमित भएको थाहा पाएपछि विरामीलाई आइसोलेसनमा राखि उपचार गर्नुपर्ने भनि आइसोलेसनमा पठाइएको थियो । आइसोलेसनमा पठाइसकेपछि विरामीको आफन्त इमेरजेन्सी वार्डमा आएर एकाएक गालिगलौज र हातपात नै गर्न खोजेको चौधरीले बताए। कोभिड संक्रमित विरामी लिई राति १० बजे रामग्राम नगरपालिका वडा नं। १५ ननईबाट आएका नारद यादव लगायत अन्य केही व्यक्तिले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्वव्यवहार गरेको बताइएको छ । सो समयमा अस्पतालमा डा। विजय सहानी र कार्यालय सहयोगी रहेका थिए ।

यसै विषयमा सोमबार विहान पत्रकारहरुबीच स्वास्थ्यकर्मी चौधरीले आफूमाथि गालिगलौज र हातपात गर्न खोज्ने यादवलाई कार्यवाहीको माग गरे । उनले सोमबारै जिल्ला प्रशासन कार्यालयमा पनि शान्ति सुरक्षा कायम गरी दुव्र्यवहार गर्ने यादवलाई हैदसम्मको कारवाहीको माग गरेको र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले कारवाहीको गर्ने आश्वासन दिएको अस्पतालका अहेव श्यामसुन्दर जयसवालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।