ताजा अपडेट »

लुम्बिनीको बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

मंगलबार, २१ बैशाख २०७८, १२ : ०६
2 Shares

नेपालगन्ज । लुम्बिनी प्रदेशको बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु छ।कोरोनाबाट मृत्यु हुनेमा खजुरा २ बाँकेका ६९ बर्षीय पुरुष रहेका छन् । उनलाई आइसोलेसनबाट अस्पताल लैजादै गर्दा गएराती ११ बजेर ३० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

त्यस्तै भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ५२ बर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको हो। यी दुई मृतकसगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४३ पुगेको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।