ताजा अपडेट »

बुटवलको कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

मंगलबार, २१ बैशाख २०७८, ११ : ५७
6 Shares

बुटवल । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्तालमा उपचाररत दुई युवाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलबस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै सैनामैना –१ मुर्धानीका अन्दाजी ३२ वर्षिय युवाको मंगलबार बिहान मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । दिनदेखि संक्रमित उनी हिजो मात्रै कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।