ताजा अपडेट »

कोरोना संक्रमितको संख्या घट्यो, भारतमा दैनिक मृत्युको नयाँ रेकर्ड

मंगलबार, २१ बैशाख २०७८, १० : ४१
2 Shares

काठमाडौँ । भारतमा कोरोना संक्रमित हुनेको संख्या घटेको छ ।  हिजोको तुलनामा आज कोरोना संक्रमि संख्या घटेको छ भने आइतबार महामारी सुरु भएदखिकै उच्च सङ्ख्यामा मानिसहरुको कोरोनाका कारण मृत्यु भएको छ ।

२४ घण्टा यता  कोरोना भारतमा ३ लाख ५७ हजार २ सय २९ नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यस अवधिमा ३ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ। नयाँ संक्रमित थपिएजस्तै २४ घन्टामा निको हुनेको संख्या पनि ३ लाख २० हजार २ सय ८९ रहेको छ। अहिलेसम्म भारतमा २ करोड २ लाख ८२ हजार ८ सय ३३ जनामा कोभिड १९ को संक्रमण रेकर्ड भएको छ। यीमध्ये १ करोड ६६ लाख १३ हजार २ सय ९२ जना निको भइसकेका छन्।

भारतमा कोरोना भाइरस संक्रमित हुनेमध्ये २ लाख २२ हजार ४ सय ८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिले ३४ लाख ४७ हजार १ सय ३३ जनामा एक्टिभ केस देखिएको छ। भारतमा अहिलेसम्म १५ करोड ८९ लाख ३२ हजार ९ सय २१ जनामा कोभिड १९ विरुद्धको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।