ताजा अपडेट »

नवलपरासीमा पनि भोलिदेखि निषेधाज्ञा

सोमबार, २० बैशाख २०७८, १९ : ३८
4 Shares

बुटवल । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण तिव्रगतिमा बढेसँगै पश्चिम नवलपरासीमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा बैशाख २१ गते राती १२ बजे देखि ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । संक्रमण थप बढ्न नदिन, रोकथाम, नियन्त्रण र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।