ताजा अपडेट »

जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी

बुधबार, ०९ माघ २०७५, ०४ : ०९
4 Shares

माघ ९,

सिरहा । जंगली फल खाँदा सिरहामा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन् । उनीहरु मध्ये एकजनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरु बिरामी भएको जिल्ला प्रहरीसिरहाले जनाएको छ । जंगली फल खाँएर विरामी हुनेहरुमा सखुवानान्कारकट्टी गाउँपालिका–१ मौवाहीकी ३५ वर्षीय शिव कुमारी सदाय, उनकी ५ वर्षीया छोरी सम्झना सदाय, ३२वर्षीय नयन कुमारी सदाय, उनका ३ वर्षीय छोराअविन, देबनारायण सदायका ४ वर्षीय छोरा अमित कुमार सदाय छन् ।

यस्तै संजय सदायका २ वर्षीय छोरा संजित सदाय, ४ वर्षीया चन्द्रिका सदाय, ठगदेब सदायका ७ वर्षीय छोरा अशोक सदाय, सगुनिया सदायका ७ वर्षीय करण सदाय, अगुन सदायकी ५ वर्षीया छोरी कल्पना सदाय, ६ वर्षीय छोरा रविन सदाय, लक्ष्मण सदायकी ७ वर्षीया छोरी पविता सदाय, देबिन्दर सदायका ८ वर्षीय छोरा जीवन सदाय, ९ वर्षीय सन्तोष सदाय, ५ वर्षिया छोरी सजन कुमारी सदाय, छोटका सदायका १० वर्षीय छोरा शनिचर सदाय र लक्ष्मण सदायकी ४ वर्षिया छोरी सञ्जना सदाय बिरामी परेका छन् ।

बिरामी सबैलाई लहानस्थित राउ स्मारक अस्पताल, सिरहा अस्पताल र कामना नर्सिङहोम लहानमा भर्ना गरिएको प्रहरी चौकी सितापुरले जनाएको छ ।

बिरामी मध्ये सञ्जना सदायको अवस्था चिन्ताजक रहेकाले र थप उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारभइरहे को लिल्ला प्रहरी सिरहाकाप्रहरी प्रवक्ता डिएसपि माधवराज खरेलले जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।