२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी दलका महिला सांसदहरुले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सरकार गठनको विषयलाई लिएर आइतबार प्रदेश प्रमुखको कार्यालय घेराउने गर्ने क्रममा प्रशासनले आफूहरुमाथी दमन गरेको उनीहरुको आरोप छ ।

Advertisement

प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना बसिरहेका उनीहरुलाई त्यहाँबाट हटाउने क्रममा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात र दुर्व्यवहार गरेको विपक्षी दल नेपाली काँग्रे, नेकपा माओवादी लगायतका दल आवद्ध प्रदेशसभाका महिला सदस्यहरुले आरोप लगाएका हुन् ।

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद तथा नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीसहित प्रदेश सभा सदस्यहरु फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको भन्दै उनीहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी कारबाहीको माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडियाले बताए ।

विपक्षी गठबन्धनले शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक लडाइँ लड्ने प्रतिबद्धता जनाएको छ । सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरलाई कति दिन संसदबाट भाग्नुहुन्छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘पोखरेल नेतृत्वको सरकार कति दिनसम्म टिक्छ ? संसदबाट कति दिन भाग्नुहुन्छ ? नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने होला नि ?’ केन्द्रमा केपी शर्मा ओलीको तानाशाही र लुुम्बिनीमा पोखरेलले तानाशाही लाद्न खोजेको उनको आरोप थियो । तानाशाहीलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै उनले संसदको सामना गर्न नसकेर पोखरेलले एकपछि अर्काे टिकडम अपनाएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु