ताजा अपडेट »

पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु

सोमबार, २० बैशाख २०७८, १३ : १६
1 Shares

नियामे । पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ ।
विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ । विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको बताइएको छ ।

त्यस क्षेत्रका सचिव इब्राहिम मिकोले सेनासँग प्रत्यक्ष भिड्न नसकेपछि बारुदी सुरुङ बिस्फोट गराएर काँतरहरुले आक्रमण गरेको भन्दै आक्रोश पोखे । साहेल–सहारा क्षेत्रको विशाल भूमिमा शान्ति, सुरक्षा र विकासमाथि नै विद्रोहीहरुले निरन्तर धावा बोलिरहेका छन् । छिमेकी मुलुक चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक्रिय जिहादीका कारण यस क्षेत्रमा नाइजरका सेनामाथि लक्षित गरी आक्रमण हुने गरेको छ । गत मार्च २१ मा नाइजरको पश्चिम क्षेत्र ताहोउका विभिन्न स्थानमा अपरिचित बन्दुकधारीले गरेको आक्रमणमा परेर कम्तीमा १३७ जनाको मृत्यु भएको थियो । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।