ताजा अपडेट »

संक्रमण बढेपछि नवलपरासीको मालपोत कार्यालय बन्द

सोमबार, २० बैशाख २०७८, १३ : ०९
40 Shares

बुटवल । नयाँ भेरियन्टसहितको कारोना संक्रमण बढेपछि नवलपरासी पश्च्मिको मालपोत कार्यालय बन्द हुने भएको छ । मालमोत कार्यालयले आज एक सूचना जारी गर्दै मंगलबारदेखि जेठ ४ गतेसम्मका लागि कार्यालयबाट हुने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।

‘सेवाग्रहीहरुप्रतिकोे अत्यधिक चाप र नयाँ भेरियन्ट सहितको कोमिट १९को संक्रमण बढिरहेको हुँदा यस कार्यालयबाट प्रदान गरिने सेवालाई विभिन्न मितिमा संकुचित गराएर सेवा प्रदान गर्ने प्रयास गरिरहेकोमा कोड १९ को संक्रमण तिव्र गतिमा बढिरहेको र यस कार्यालयका कर्मचारी समेतमा कोरोना पोजेटिभ भएको साथै कोमिडको कारणले यस जिल्लाका स्थानीय तहबाट प्रदान गरिने सेवाहरु समेत बन्द हुँदै गैरहेकोले यसै अवस्थामा सेवा प्रवाह गरिरहदा संक्रमण फैलिने जोखिम बढेकोले विभिन्न व्यक्ति तथा निकायको सुझाव समेतलाई मध्यनजर गरि यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु मिति २०७८/०१/२१ देखि २०७८/०२/०४ सम्मको लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यस सूचना बाट सेवाग्राहीमा पर्ने जाने असुविधा प्रति कार्यालय क्षमाप्रार्थी छ।’–सूचनामा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।