ताजा अपडेट »

लुम्बिनीका स्वतन्त्र २ सांसदले भने ‘हामी एमाले संसदीय दलमै प्रतिबद्ध छौँ ’

सोमबार, २० बैशाख २०७८, १२ : ३२
8 Shares

बुटवल । लुम्बिनी प्रदेशको राजनितीमा एक पछि अर्को तरङ सृजना भइरहेका छन् । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।

कपिलबस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् । कुलप्रसाद केसी नेतृत्वको गठबन्धनले सरकार गठनका सन्दर्भमा आफूहरुको हस्ताक्षर बदनियत र त्रुटिपूर्ण रहेको बताएका छन् ।

‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौं । सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानुनी र राजनैतिक रुपमा स्वाभाविक विषय हो । माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दावीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ ।

हामी नेकपा एमाले प्रदेश संसदीय दलप्रति प्रतिबद्ध रहदै संसदीय दलका नेता माननीय मुख्यमन्त्री शंकर पोखरेलप्रति समर्थन रहेको स्पष्ट पार्न चाहन्छौ ।’–उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।