ताजा अपडेट »

काँग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

सोमबार, २० बैशाख २०७८, ११ : ३८
6 Shares

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा प्रवक्ता शर्मालाई कोरोना भाइरस संक्रमण भएको पाइएको हो । आइतबार बेलुकी स्टार अस्पतालमा स्वाब दिएको र बिहानपख रिपोर्ट पोजेटिभ आएको जानकारी शर्माले सामाजिक सन्जालमार्फत् दिएका छन् । मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा.अनुप बास्तोलाको निर्देशनअनुरुपको औषधि सेवन शुरु गरेको शर्माले उल्लेख गरेका छन्।

रासस
लेखकको बारेमा
रासस