ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा थप ६ संक्रमितको मृत्यु

सोमबार, २० बैशाख २०७८, ११ : २७
2 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । यस्तै अर्घाखाँचीको धातिवाङका ७५ वर्षीय पुरुष, कपिलबस्तुको शिवराज ७ का ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।