११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनबाट चालु आर्थिक वर्षमा ३५ हजार किलो धुपीपात संकलन भएको छ । जिल्लाभित्रका विभिन्न क्षेत्रका राष्ट्रिय वनबाट ती वस्तु संकलन गरिएको हो ।

Advertisement

हिमाली क्षेत्रमा पाइने धुपीपात प्रत्येक वर्ष संकलन हुँदै आएको छ । प्रतिकेजी रु दुई का दरले रु ७० हजार राजस्व जिल्ला वन कार्यालयमा जम्मा भएको वन व्यवस्थापन शाखाका एसिस्टेण्ट फरेष्टर सीता योगीले बताए । पूजापाठमा धुपीपात प्रयोग हुँदै आएको छ । धुपीपातबाट औषधिजन्य तेलसमेत निकालेर राम्रो मूल्यमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि २५ मिटरसम्मका राष्ट्रिय वनमा प्रशस्त धुपी पाइने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्रमा धुपी प्रशस्त भए पनि व्यापारिक प्रयोजनका लागि संकलन हुन नसकेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का लेखाअधिकृत मनकुमार लिम्बूले बताए । विगत वर्षमा संकलन भए पनि चालु आवमा संकलन गरेर संरक्षण क्षेत्र भन्दा बाहिर निकासी नभएको कञ्चनजंघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । फक्ताङलुङ गाउँपालिका—६ घुन्सामा धुपीतेल उद्योग अहिले बेवारिसे अवस्थामा छ । दुई वर्षसम्म सञ्चालन भएपछि दर्ता प्रक्रिया पूरा हुन नसकेपछि बन्द गर्नुपरेको सञ्चालक पेमा शेर्पा बताउँछन् । घुन्सामा उत्पादन भएको धुपीको तेल काठमाडौँमा प्रतिलिटर रु तीन हजार ५०० का दरले बिक्री हुने गरेको सञ्चालक शेर्पाले बताए ।

राष्ट्रिय वन संकलित धुपीपात व्यापारीले प्रतिकिलो रु ६० का दरले खरीद गर्दै आएको मेरिङ्देन गाउँपालिका—५ का धुपीपात व्यापारी रिङ शेर्पाले बताए । उनले भने,“हामी गाउँमा गएर ६० रुपैयाँमा खरीद गर्छौँ । गाउँदेखि सदरमुकाम फुङ्लिङसम्म चौंँरीमार्फत ढुवानी गर्छौ।” हिमाली क्षेत्रमा पाइने धुपीपात ताप्लेजुङबाट इलामको पशुपतिनगर हुँदै भारत निकासी हुने व्यापारी शेर्पाले बताए । नेपाल र भारतको नाका पशुपतिनगरमा प्रतिकिलो रु १६० का दरले खरीद बिक्री हुने व्यापारी शेर्पाले बताए । उनले भने, “हामीले ताप्लेजुङदेखि इलामको पशुपति नाकाको बजारसम्म पुर्याएर त्यहीँका व्यापारीलाई बिक्री गर्छौँ । त्यहाँका व्यापारीले भारतका विभिन्न बजारमा बिक्री गर्छन् ।” नेपालमा पाइने धुपीपातको माग भारतमा उच्च भएको व्यापारी शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई